चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १२१ रनको लक्ष्य
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो ।
चितवनका ओपनर देव खनालले सर्वाधिक ३५ रन जोडे । अविजित रहेका अल्पेश रामजानीले ३३ रन जोडे । कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराका धनञ्जय लक्सनले तीन विकेट लिए भने रोहित चन्द, किरण ठगुन्ना र विपिन खत्रीले समान एक-एक विकेट लिए ।
पोखराका लागि यो प्रतियोगितामा अन्तिम खेल हो । पहिले नै प्लेअफ दौडबाट बाहिरिइसकेको टोलीले ६ खेलमा दुई जित र चार हारसहित चार अंक जोडेको छ।
.gif)

.png)



