नवयुवाका लागि एनपिएल प्रभावकारी मञ्च हो : शक्ति गौचन


२०८२ मङ्सिर ६ शनिबार २०:२३ बजे

काठमाडौँ : काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सहभागी टोली लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले एनपिएल नवयुवाका लागि प्रतिभा उजागर गर्ने प्रभावकारी मञ्चका रूपमा रहेको बताएका छन् ।

कर्णाली याक्ससँग पराजित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौचनले एनपिएल युवा खेलाडीहरूका लागि प्रतिभा देखाउने र क्रिकेटका बारेमा सिक्ने महत्त्वपूर्ण माध्यम बनेको बताए । उनले भने, 'नयाँ युवाहरूले खेलमार्फत आफ्नो परिचय दिने तथा क्षमता देखाउने प्रभावकारी मञ्चका रूपमा एनपीएललाई देख्छु । एनपीएलमा राम्रो गर्ने खेलाडी पक्कै पनि नेपालका लागि प्रतिनिधित्व गर्नेमा हुनेछन् ।'

कोच गौचनले फ्लडलाइट नेपाली खेलाडीलाई विदेशमा गएर पनि सहज हुने धारणा राखे । भने, 'यसअघि नेपालमा फ्लडलाइट नहुँदा नेपाली खेलाडीलाई विदेशमा गएर खेल्न समस्या हुने गरेको थियो । अब कीर्तिपुर रङ्गशालामा फ्लडलाइटमा खेलेर विदेशमा खेल्दा असहज हुने छैन ।'

यसैबिच जारी प्रतियोगितामा पहिलो शतक हिर्काउने कर्णाली याक्सका मार्क वाटले नेपाली दर्शकको मायाप्रति खुसी जनाए । उनले भने, 'नेपाली दर्शकको उपस्थिति निकै उत्साहजनक छ । यति धेरै दर्शकमाझ पहिलो शतक बनाउनु विशेष क्षण बन्यो ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७