छिमेकीलाई गाली गरेर राष्ट्रियता बलियो हुँदैन : सांसद खरेल


२०८३ कार्तिक १२ बुधबार १७:२० बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद खरेलले भारत भ्रमणका क्रममा आफूले सद्भाव र मित्रताको भावना मात्र व्यक्त गरेको स्पष्ट पारे । 

छिमेकी मुलुकसँग मिलेर अघि बढ्नुपर्ने आशयले आफ्नो अभिव्यक्ति आएको उनको भनाइ थियो ।

भारतसँग देखिएका सीमा विवादलगायतका समस्यालाई कूटनीतिक पहल र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद खरेलले रास्वपा जिम्मेवार ढङ्गले अघि बढ्न तयार रहेको उल्लेख गर्दै विपक्षी दलहरूलाई गाली गर्ने राजनीतिमा आफूहरू नलाग्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७