आईजीपी कार्कीले देशभरका प्रहरी प्रमुखलाई दिए निर्देशन


२०८३ कार्तिक १२ बुधबार १५:३१ बजे

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्।

भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा कार्कीले उपत्यका प्रहरी कार्यालयदेखि प्रदेश, जिल्ला, राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय र तालिम केन्द्रका प्रमुखहरूसम्मलाई निर्देशन दिएका हुन्।

सम्मेलनमा नेपाल प्रहरीका विभागीय प्रमुख, गण तथा गुल्मका प्रमुख र प्रहरी निरीक्षकको नेतृत्वमा रहेका कार्यालयका प्रमुखहरूसमेत सहभागी थिए।

देशभरका प्रहरी कार्यालय प्रमुखलाई एकैसाथ सम्बोधन गर्दै निर्देशन दिइएको भए पनि निर्देशनका मुख्य विषय र कार्यान्वयनका प्राथमिकताबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७