श्रीमतीको हत्या गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ


२०८३ कार्तिक १२ बुधबार १७:१४ बजे

संखुवासभा : आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा संखुवासभाको चैनपुरबाट एक पुरुष पक्राउ परेका छन् ।

चैनपुर नगरपालिका–१, नुनढाकी थर्पुका ४८ वर्षीय तेम्बा रिन्जे शेर्पालाई बुधबार प्रहरीले उनलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो। 

तेम्बाले कुटपिट गरी ४९ वर्षीया श्रीमती मिङ्माछिकी शेर्पाको हत्या गरेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चैनपुरसहितको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७