जेनजी आन्दोलन : तोडफोडमा संलग्न ४३ जना पक्राउ


२०८२ मङ्सिर १० बुधबार १३:२२ बजे

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न भागमा तोडफोड, आगजनी र लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी आवास र व्यावसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड तथा लुटपाट भएका घटना दर्ता भएको प्रहरीले जनाएको छ । आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको तथ्यांकअनुसार आन्दोलनका घटनामा ७९ सार्वजनिक संरचना, १६ निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन पार्टी कार्यालयमा क्षति पुगेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७