एनपिएलको पास नदिएको भन्दै उपकुलपतिको कार्यालयमा तोडफोड


२०८२ मङ्सिर २ मंगलबार १५:५३ बजे

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पास नदिएको भन्दै त्रिवि विश्वविद्यालयका स्ववियु सदस्यहरूले उपकुलपति दीपक अर्यालको कार्यालयमा तोडफोड गरेका छन् । यो घटना मंगलबार दिउँसो भएको हो।

उपकुलपति कार्यालयका कर्मचारीहरूले जनाए अनुसार तोडफोडमा स्ववियुका निर्वाचित सदस्यहरूको सहभागिता रहेको थियो। घटनाको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

गत वर्षको पहिलो संस्करणमा, क्यानले विद्यार्थी संगठनहरू जस्तै स्ववियु, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी आदिलाई निःशुल्क टिकट र भिआइपी पासहरू वितरण गरेको थियो । प्रत्येक संगठनलाई ३० देखि ५० टिकट र ५-७ भिआइपी पास उपलब्ध गराइएको थियो । यस विषयमा आलोचना भएपछि यस वर्ष स्ववियुका केही सदस्यहरूले क्यानसँग एकमुष्ट रकमको दाबी गरेका थिए।

नेविसंघले भने यस वर्ष निःशुल्क टिकट र पास नलिने विज्ञप्ति जारी गरेर घोषणा गरेको छ । नेविसंघ त्रिविका अध्यक्ष विष्णु बडैलाले विज्ञप्ति जारी गरेर पास र टिकट लिने प्रचलन भए पनि यस पटक नलिने घोषणा गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७