महानगरले डोजर चलाएपछि दीपक खड्का भन्छन् : खड्काल्यान्डमा मेरो स्वामित्व छैन


२०८२ कार्तिक २८ शुक्रबार १०:११ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले खड्काल्यान्डमा आफ्नो स्वामित्व नरहेको दाबी गरेका छन् । 

शुक्रबार विज्ञप्ति प्रकाशित गरी खड्काले स्काउटसँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

उनले सामाजिक सञ्जालमा विज्ञप्ति राख्दै भनेका छन्, ‘खड्काल्यान्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।’

उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको दाबी पनि गरेका छन् । स्काउटको जग्गामा भएका संरचनासँग आफ्नो नाम जोडिएकोप्रति आपत्ति प्रकट गर्दै उनले केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले प्रचार गरिएको बताएका छन् ।

खड्काले भनेका छन्, ‘म खुल्ला किताब हुँ। हरेक कुरामा पारदर्शी र जवाफदेही छु। राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग मेरो नाम जोडेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा स्थापित ‘खड्काल्यान्ड’ ले लामो समयसम्म जग्गाको भाडासमेत नतिरेको आरोप लागेको छ । भाडा नतिर्ने र संरचना पनि खाली नगरेपछि हिजो (बिहीबार) युवा तथा खेलकुद मन्त्रालयले काठमाडौं महानगरको सहायता लिएर खाली गराएको छ। महानगरले खड्काल्यान्डका संरचनामा डोजर चलाएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७