पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


२०८२ चैत १५ आइतबार ०८:५५ बजे

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।

लैनचौरस्थित स्काउटको जग्गा विवादमा उनी मुछिएको बताइएको छ। जेनजी आन्दोलनका बेला उनको निवासमा आगजनी हुँदा पैसा उडेको भनिएको भिडियो सार्वजनिक भएपछि सो विषयमा समेत अनुसन्धान भइरहेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले खड्का पक्राउ परेको पुष्टि गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७