श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ


२०८२ कार्तिक ९ आइतबार १४:१० बजे

काठमाडौं : कैलालीमा श्रीमान्‌को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ परेकी महिला जोशीपुर गाउँपालिका–३ लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया हुन् । उनले आफ्ना श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको आरोप लागेको छ।

सुनीतादेवीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा सुनीताले लखनलालमाथि कुटपिट गरेकी थिइन् । सो क्रममा गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७