माइक्रो र मोटरसाइकल आपसमा ठक्कर खाँदा १६ जना घाइते


२०८२ असोज २१ मंगलबार १०:१३ बजे

हेटौँडा । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको मप्र ०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसी दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन् ।

घाइतेलाई उद्वार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिन तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७