ओली र लेखक पक्राउको माग गर्दै प्रहरी परिसर पुगे सुदन गुरुङको समूह


२०८२ असोज २० सोमबार २०:३९ बजे

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै जेनजी समूहका अभियन्ताहरु प्रहरी परिसर काठमाडौं पुगेका छन् । सुदन गुरूङको नेतृत्वमा रहेको युवा समूह परिसर पुगेका हुन् ।

उनीहरु निवेदन लिएर बेलुका प्रहरी परिसर पुगेको एक अधिकारीले जानकारी दिए । उनका अनुसार ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ ।

यसअघि सुदन गुरुङ समूहले सामाजिक सञ्जालमार्फत् दुवै नेतालाई पक्राउ गरेर अनुसन्धान थाल्न अभियान चलाएका थिए । दिनभर सामाजिक सञ्जालमा अभियान चलाएकाहरु निवेदन लिएर पुगेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७