खोलामा नुहाउन गएका बालकको मृत्यु, दुई बालिका अझै बेपत्ता

रौतहट : नुहाउन गएका बेला खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८, बलुवा गोठ टोलका गोनवर मियाका १० वर्षीय छोरा अरवाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीले जानकारी दिए ।
सोमबार दिउँसो करिब २ बजे घरनजिकै बकैया खोलामा उनी नुहाउन गएका थिए । बकैया खोलाले बगाएको करिब ४० मिनेटपछि बालक फेला परेका थिए ।
उपचारका निम्ति बालकलाई राजपुर प्राथमिक उपचार केन्द्र फरदहवामा ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका उनले बताए ।
यसैबीच, देवाही गुनाही नगरपालिका–६, कर्कच टोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् । कर्कच टोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरतीकुमारी र सोही गाउँका शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी सोमबार दिउँसो करिब सवा २ बजेदेखि बेपत्ता भएका डीएसपी कार्कीले जानकारी दिए ।
ती बालिका आफ्नो खेतको भँगालोमा नुहाउन गएका थिए । उनीहरूको खोजी कार्य तीव्र बनाइएको डीएसपी कार्कीले बता