कलाकारहरूको सम्पत्ति छानबिन गर्न ज्योति मगरको माग


२०८२ असोज २० सोमबार १९:४३ बजे

काठमाडौँ : जेनजी प्रदर्शनपछि नेतादेखि कर्मचारीसम्मको सम्पत्ति छानबिनको चर्को माग भइरहेका बेला त्यसको प्रभाव मनोरञ्जन क्षेत्रमा समेत देखिन थालेको छ। 

लोकदोहोरी गायिका तथा मोडल ज्योति मगरले कलाकारहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेकी छन्।

उनले केही कलाकारले जनचेतनामूलक कार्यक्रमका नाममा सरकारी कोषबाट करोडौँ रुपैयाँ लिएर कमजोर स्तरका भिडियो बनाएर बाँकी पैसा व्यक्तिगत लाभमा प्रयोग गरेको आरोप लगाएकी छन्।

'नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमको लागि करोडौँ बजेट लिएर यसो दुई चार लाखको फिस्स भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठूला ठूला प्राइभेट कम्पनी खोल्ने आदरणीय कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ होला कि हुँदैन?' भन्दै उनले सरकारी रकमको दुरुपयोगको गम्भीर प्रश्न उठाएकी हुन्।

उनले यस्ता क्रियाकलापमा संलग्नहरूलाई 'भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन?' भनेर प्रश्न गर्दै सार्वजनिक रूपमा नै छानबिनको माग राखेकी छन्।

जेनजी आन्दोलनले देशमा सार्वजनिक सम्पत्तिको दुरुपयोग र सुशासनको अभाव विरुद्ध आवाज उठाइरहेका बेला ज्योति मगरको यो टिप्पणीले मनोरञ्जन क्षेत्रमा पनि आर्थिक पारदर्शिता र जबाफदेहिताको बहस सुरु गराएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७