गगन थापाको आव्हान : उद्धार र राहतमा कांग्रेसका कार्यकर्ताहरू सक्रिय बनौँ
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राहत तथा उद्धारमा सक्रिय हुन कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।
शनिबार वक्तव्य जारी गर्दै उनले भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा उत्पन्न विपद्को स्थितिमा सबै नागरिक, कांग्रेस कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा रहन आग्रह गरेका हुन्।
महामन्त्री थापाले भने, 'भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा, म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु।'
थापाले सबै तहका कार्यकर्तालाई पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन समेत आग्रह गरेका छन्।
उनले संघ, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपंक्तिमा खटिनु समयको माग भएको बताएका छन्।
.gif)

.png)

