असफलताको धब्बा नबोक्ने गृहमन्त्रीको प्रतिबद्धता


२०८२ असोज २ बिहीबार २१:०१ बजे

काठमाडौँ : निर्वाचन आयोगले समयमै चुनाव सम्पन्न गराउन आयोग तयार रहेको जनाएको छ । आयोगद्वारा नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्ने कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् । 

नवनियुक्त गृह एवम् कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै शान्ति सुरक्षाबिना चुनाव सम्पन्न गर्न नसकिने भन्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याइदिएमा कानुनमा रहेका बाधाहरू हटेर मतदाता सङ्कलन लगायत कार्यसम्पादनमा सहज हुने बताए । 

यस्तै गृह एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय चुनाव गराउनु रहेकोले चुनाव हुनेमा शङ्का नगर्न अनुरोध गरे । चुनाव गराउन नसके वर्तमान सरकार असफल हुने भन्दै उनले असफलताको धब्बा नबोक्ने बताए । 

उनले मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रियाका कारण जेन जी समूह नै सहभागी हुन नपाउने पो हो कि भन्ने स्थिति पैदा भएको भन्दै विद्यमान कानुनी बाधा हटाएर उनीहरूलाई सहभागी गराउने बताए  । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७