कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते


२०८२ असोज १ बुधबार ०९:२७ बजे

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो। 

ग्रेडवृद्धि परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको थियो।

तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो। 

यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो। 

परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेड भएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७