थाइल्यान्डबाट काठमाडौं आएका दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ


२०८२ असोज १ बुधबार ११:११ बजे

काठमाडौं । अवैध लागुऔषधसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका छन् ।

विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने १० किलो नौ सय १५ ग्राम बस्तुसहित उनीहरूलाई प्रहरीले हिजो पक्राउ गरेको हो।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजमा लागुऔषध फेला परेको थियो। 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७