यी जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


२०८२ भदौ ३१ मंगलबार १०:४९ बजे

काठमाडौं । आज देशका विभिन्न भागमा भारी वर्षा हुने र आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसन विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौंसहित केही जिल्लामा बग्ने साना ठूला नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ भने बबई नदीको बहाव सतर्कता तहको आसपास तथा बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स( साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । 

त्यसैगरी, इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७