प्रदेशमन्त्रीको गाडीले ठक्कर दिँदा बालक घाइते

काठमाडौं । कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले ठक्कर दिँदा ललितपुरमा एक बालक घाइते भएका छन् ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका मन्त्री राना सवार गाडीले हरिसिद्धि उकालोमा स्थानीय एक बालकलाई ठक्कर दिएको हो।
दुर्घटनापछि स्थानीयले गोदावरी जाने मुख्य सडक अवरुद्ध गरेका छन् ।
सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।