एमालेमा विद्या भण्डारी पक्षबाट दर्ता फरक मतमा के छ ?

काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी समूहको तर्फबाट पार्टीमा फरक मत दर्ता गराएका छन् ।
थापाले पार्टी लोकतान्त्रिकरण, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था, विद्या भण्डारीको पार्टी सदस्यता लगायतका बिषय सहित फरक मत दर्ता गराएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुने सचिवालय बैठक अघि नै थापाले पार्टी मुख्यालय च्यासलमा गएर फरक मत दर्ता गराएका हुन् ।
थापाले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल अध्यक्षको प्राबधान कायम राख्नु पर्ने मत राखेका छन् । यसैगरी पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खुला गरिनुपर्ने मत राखेका छन् । जनसंगठनको नेतृत्व पार्टी नेतृत्वले तोक्ने र अधिवेशन गर्ने प्रवृत्ति बढेकोले यसले प्रतिस्पर्धालाई रोक्नु पर्ने मत राखिएको छ ।