माइतीघरबाट सन्तोष राजावादी पक्राउ


२०८२ भदौ १० मंगलबार १५:४२ बजे
फाइल फोटो

काठमाडौँ । तिजबारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन् ।माइतीघरमा प्रदर्शन गरिरहेका वेला मंगलबार उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनी यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा समेत पक्राउ परेका थिए । गोरखापत्रमा मंगलबार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो । उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७