उखु किसानलाई अनुदान रकम निकासा


२०८२ भदौ १० मंगलबार २०:०६ बजे

काठमाडौं ।  सरकारले उखु किसानहरूलाई प्रोत्साहन, अनुदान वापतको रकम मंगलबार निकासा गरेको छ । अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रूपैयाँ निकासा गरेको हो ।

निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्री परिषद्को बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रूपैया अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो ।

यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दे आएका छन । यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रूपैया प्रोत्साहन स्वरूप पाउँदै आएका थिए । 

कृषि मन्त्रालयले उखु किसानलाई यत्तिनै रकम उपलब्ध गराउन  मन्त्री परिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रूपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

यसैबीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फबाट श्यामवावु राय लगायत सहभागी छन् ।

यसअघि कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७