सम्पर्क कार्यालय उद्‍घाटन गर्दै विद्यादेवी भण्डारी

मदन, मनमोहन, प्रदीप र विद्याको चुनावी कार्यालयमा आजदेखि ‘विद्या भण्डारी समूह’को सम्पर्क कार्यालय


२०८२ भदौ ५ बिहीबार ०८:४६ बजे

काठमाडौं :  आजदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयलाई विधिवत् रुपमा सञ्चालनमा हुने भएको छ ।  काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा स्थापित सम्पर्क कार्यालय भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् ।

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रुपमा प्रयोग हुने भण्डारीले आफ्नो सम्पर्क कार्यालयको रुपमा उपयोग गर्नेछिन् । 

छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा  ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’बनाएको छ । मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिए ।

युवा नेता प्रकाश गौतमका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए । यसैगरी मनमोहन अधिकारी, प्रदीप नेपाल र विद्याले पनि मदनको मृत्युपछि ३२ वर्षअघि यही घरमा चुनावी कार्यालय राखेकी थिइन् ।  

बिहीबार दिउँसो २ बजे एमाले पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति भण्डारी र नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन पश्चात विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७