बालुवाटारमा मन्त्रिपरिषद बैठक


२०८२ भदौ २ सोमबार २०:५६ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक केहीबेर अघिबाट सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई बर्खास्त गरी नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउन सक्नेछ ।
ओझा उक्त पदका लागि योग्य नभए पनि फर्जी कागजात पेस गरी नियुक्त भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन दिएको छ ।

उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनअनुसार अब उनलाई बर्खास्त गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउनु पर्नेछ । यस्तै न्याय परिषद्को परामर्शअनुसार मन्त्रिपरिषद्ले विशेष अदालतका न्यायाधीशहरू तोक्ने लगायतका एजेण्डा पनि छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७