शेखर लक्षित शंकरकाे कटाक्ष : एकातिर सत्तामा हिस्सेदारी, अर्कोतिर सरकारको विरोध ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका नेता शेखर कोइरालाप्रति राजनीतिक कटाक्ष गरेका छन् ।
आज (सोमबार) प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एकातिर सत्तामा हिस्सेदारी, अर्कोतिर सरकारको विरोध गर्ने भन्दै कटाक्ष गरेका हुन् ।
उनले कांग्रेस र एमाले बीचको गठबन्धन आगामी निर्वाचनसम्म नै जाने जिकिर गरे । यस्तै महासचिव पोखरेलले कोइरालाले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको पनि भनाइ राखे ।