पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य बनाएर दिग्भ्रमित बनाउने कोशिस हुँदैछ : देउवा

‘८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको सरकार बनाउनु पर्छ’


२०८२ भदौ २ सोमबार १६:५० बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।

आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौती चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताए ।

‘पुराना पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोशिस भइरहेको छ । तर यस्ता भाष्य र चुनौती चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक छ,’ देउवाले भने, ‘नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरुलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईं हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ ।’ सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको बताए ।

सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । उनले आज मुलुकको सबैभन्दा ठुलो पार्टी कांग्रेस नै रहेको भन्दै आगामी दिनमा पनि सबै मिलेर बलियो बनाउनु पर्ने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७