लिची बगैंचा घुसकाण्डका ‘बिचौलिया’ लामा एमालेबाट निलम्बित


२०८२ श्रावण १८ आइतबार २१:१४ बजे

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले मन्त्रीले नै राजीनामा दिनु परेको पोखराको लिची बगैंचा घुसकाण्डमा संलग्न सुजन लामालाई निलम्बन गरेको छ ।

‘लिची बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका लामालाई निलम्बन गरिएको हो । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।

लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा नै दिनु परेको थियो । लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटी सचिव दवाडीले बताएका छन् ।

लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको उनको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७