जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड


२०८२ श्रावण १८ आइतबार १७:५४ बजे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आज (आइतबार) स्थायी कमिटी बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीले आत्मालोचना गर्नु हुन्छ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् । 

‘बैठक चलिरहेको छ । जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ’, उनले भने । बैठकको सुरुको दिन एजेण्डा प्रस्तुत गर्ने क्रममा प्रचण्डले उपमहासचिव जनार्दन शर्माले आन्तरिक विषय बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए । अध्यक्षको जवाफ फर्काउँदै शर्माले आजको बैठकमा प्रचण्डले आत्मालोचना गरे आफूले पनि गर्न तयार भएको बताएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७