आज कहाँ–कहाँका सडक छन् अवरुद्ध ?


२०८२ श्रावण १७ शनिबार १२:१९ बजे
फाइल फोटो

काठमाडौँ । बाढी–पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान सार्वजनिक गरेको विवरणअनुसार देशका पाँच स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यस्तै सात स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा छन् । संखुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५ गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु  पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७