नेपालको असाधारण सामर्थ्य अरूले बुझिसके, हामीले बुझ्न सकेका छैनौं : महासचिव पोखरेल


२०८२ श्रावण १७ शनिबार ११:४३ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिए जस्तो गरिब मुलुक नभएको बताएका छन्।

नवयुग उद्यमशाला कार्यक्रमलाई आज (शनिबार) काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य  के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताएका छन्।

नेपालमा व्यापारको सम्भावना देखेर भारत सरकारले नेपालका सात वटा भन्सार विन्दुमा आफ्नै लगानीमा रेल ल्याउने प्रस्ताव गरेको उनले सुनाए। नेपालमा व्यापारको प्रचुर सम्झना देखेर नै भारत आफ्नो लगानी गर्न तयार रहेको पोखरेलले बताए। ‘नेपालमा असाधारण सामर्थ्य छ भन्ने अरूले बुझिसके, छिमेकीहरूले बुझिसके, हामीले हाम्रो सामथ्र्य बुझ्न सकेका छैनौं,’ उनले भने ।

नेपालमा जस्तो उत्पादन गर्न सक्ने प्रकृति अरबियन मुलुकमा हुन्थ्यो भने उनीहरूले के गर्थे भन्दै उनले प्रश्न गरे। ‘हामीले हाम्रो प्रकृतिलाई उपेक्षा गरिरहेका छौं, हामी नेपालमा त सम्भावना छैन, अवसर नै छैन भनिरहेका छौं,’ उनले भने।

बाहिर जानेहरूले नेपाल चलेकै रेमिट्यान्सले हो भन्ने चर्चा गरेका भए पनि नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका पोखरेलले बताए। यथार्थमा नेपालीको श्रम र पसिना भारतीय अर्थतन्त्र निर्माणमा खर्च भइरहेको उनको भनाइ छ।

म बनाउँछु मेरो देश भन्ने भावनाका साथ लाग्ने हो भने नेपाल बनाउन सकिने उनले बताए। ‘राज्य र नागरिकका बीचमा गहिरो अन्तरसम्बन्ध र सहकार्य हुँदैन, त्यो देश बन्दैन, देश बनाउने हो भने लोकतन्त्रमा राज्य र नागरिक बीचको सम्बन्ध जीवन्त र सकारात्मक हुनु पर्दछ,’ उनले भने।

जोखिम बहन गर्ने सामर्थ्य  निर्माण नगरी देश नबन्ने पनि उनले बताए । देश बनाउन जोखिम मोलेरै काम गर्नुपर्नेमा उनले जोड दिए । परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरि पनि अभावकै दुष्चक्रमा फस्नु पर्ने उनको धारणा छ । लोकतन्त्रमा राज्य बलियो नहुँदासम्म देश र नागरिक बलिया नहुने उनले बताए । नागरिकले अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने गर्दा राज्य बलियो हुन नसकेको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७