‘गुण्डागर्दी’ मा संलग्न सानुभाइ ठमेलबाट पक्राउ


२०८२ श्रावण १५ बिहीबार ११:२५ बजे

काठमाडौं । पटक–पटक गुण्डागर्दीमा संलग्न रहँदै आएका सानुभाइ भनिने युवराज गुरुङ काठमाडौंको ठमेलबाट पक्राउ परेका छन । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।

पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए । उनीसहितको टोलीलाई प्रहरीले त्यसबेला हतकडीसहित थुनुवा पोशाकमा ठमेल घुमाएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य सानुभाइमाथि विभिन्न मुद्दा छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७