नाउपाको राष्ट्रिय भेला काठमाडौंमा जारी, रञ्जिता अनुपस्थित


२०८२ श्रावण १४ बुधबार १४:१२ बजे
फाइल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाडौंको नयाँ बानेश्वरमा चलिरहेको छ । केही बेरअघि सुरू भएको राष्ट्रिय भेलामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अध्यक्ष रञ्जिता श्रेष्ठमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ ।

अध्यक्ष श्रेष्ठ भने राष्ट्रिय भेलामा अनुपस्थित भएकी छन् । पोखराको लिचीबारी जग्गाको घुसकाण्डमा मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर पार्टीको जिम्मेवारीबाट हटेकी छिन् । उनी अध्यक्षमा बहाल नरहेको पत्र निर्वाचन आयोगमा पुगिसकेको नाउपाका एक सदस्यले बताए । तर, त्यो अध्यावधिक हुने सम्भावना नरहेको एक सदस्यले बताए ।

२०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै अध्यक्ष रेशम चौधरी बनाएको थियो । तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो । नाउपा श्रेष्ठ नेतृत्वको पुरानै २१ सदस्यीय कमिटीमा फर्किएको थियो । अहिले कार्यवाहक तोकिएका शिव बास्तोलालाई पनि निर्वाचन आयोगले चिन्दैन । उनी २१ सदस्यीय पुरानो कमिटीमा छैनन् । तर अध्यक्ष श्रेष्ठले नै उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएकी थिइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७