नारायणी नदीको पुलबाट हामफालेर महिला र किशोर बेपत्ता


२०८२ श्रावण १३ मंगलबार २१:४५ बजे

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हाम फालेर दुई जना बेपत्ता भएका छन् । 

एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार आज साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हाम फालेर बेपत्ता भएकी छन् । 

‘साँझ पुलबाट हाम फालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘बिहान हाम फालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ ।’  

बिहान पुलबाट हाम फाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ भएको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए । रासस  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७