मधेश प्रदेशका पूर्व प्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर


२०८२ श्रावण १३ मंगलबार १९:५१ बजे

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

नौं दिनअघि साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अहिराजले परिवर्तिन नाम २६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको जाहेरीका आधारमा अहिराजविरुद्ध मुद्दा दायर गरेको हो । आफूलाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप छ । डेरा कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको बयान छ ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ । त्यस्तै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको मागदाबी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७