बागमतीमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन


२०८२ श्रावण १३ मंगलबार १७:३८ बजे

मकवानपुर । बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको मंगलबार हेटौंडामा बसेको बैठकले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन् । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

नेता लामाविरुद्धको अविश्वासको प्रस्तावमा मंगलबार प्रदेश कांग्रेस संसदीय दलमा मतविभाजनमा भएको हो । मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात् २२ सांसद देखिए ।

बागमतीमा कांग्रेसका ३७ प्रदेश सांसद छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७