आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी


२०८२ श्रावण १३ मंगलबार १५:४४ बजे

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा समसामयिक राजनीतिको समीक्षा, मोर्चाको थप प्रभावकारिता र मोर्चाको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

मोर्चामा नेकपा एस, नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल छन् । पछिल्लो समय मोर्चाका गतिविधि निष्क्रिय भएका थिए । मोर्चा निष्क्रिय भएपछि विप्लवले विघटन गर्ने प्रस्ताव गरेको बुझिएको छ । उनले हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटेर असन्तुष्टि पोखेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७