प्रचण्ड र माधवबीच दुई दिन छलफलपछि आज बस्दै समाजवादी मोर्चाको बैठक

काठमाडौं । विपक्षी दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने जनाइएको छ । मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालसहित दुई दलका शीर्ष नेताहरुबीच दुई दिन छलफल भएको थियो ।
मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि प्रचण्ड माधवसहित दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए । माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको बताइन्छ ।