सहायक हवल्दारसहित २२ प्रहरी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीका तीन सहायक हवल्दारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ ।
तीन जना प्रहरी सहायक हवल्दार, एक जना प्राविधिक प्रहरी सहायक हवल्दार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन भएका सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू छन् । उनीहरू जेठको विभिन्न मितिदेखि गैरहाजिर छन् । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् सूचना