सर्वोच्चका मुख्य रजिस्ट्रार ढकाल आज अवकाशमा जाँदै


२०८२ श्रावण ११ आइतबार १०:५१ बजे

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आज आइतबार सेवा निवृत्त हुँदैछन् । ५८ वर्षे उमेर हदका कारण ढकाल मुख्य रजिस्ट्रारको पदबाट सेवा निवृत्त हुन लागेका हुन् । उनी कार्यालय आउन भने केही दिनअघिबाटै छाडिसकेका छन् ।

ढकाल २०८० पुसमा मुख्यसचिव सरहको मुख्य रजिस्ट्रार पदमा बढुवा भएका थिए । कास्कीका ढकालले २०५२ सालमा न्याय सेवाको तृतीय श्रेणी (शाखा अधिकृत) मा नियुक्ति पाएका थिए । २०५९ मा द्वितीय श्रेणी (उपसचिवस्तर), २०६६ मा प्रथम श्रेणी (सहसचिवस्तर) र २०७५ मा सचिवमा बढुवा भएका थिए ।

यसअघिका मुख्य रजिस्ट्रारहरु फटाफट उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश पदमा नियुक्ति पाएका भए पनि ढकालले त्यस्तो अवसर पाएनन् । यसअघिका मुख्य रजिस्ट्रारहरु नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन् ।

अरु दुई मुख्य रजिस्ट्रार राजन भट्टराई र लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश हुँदै हाल मुख्य न्यायाधीशका रुपमा कार्यरत छन् । निजामती सेवा विधेयक संसदबाट गत असारमै पारित भएको भए उनको एक वर्ष पदावधि थपिने थियो । किनभने, उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिको अर्को आर्थिक वर्षमा निवृत्त हुने मुख्य सचिवस्तरका कर्मचारीको उमेर हद ५९ वर्ष हुने व्यवस्था प्रस्ताव गरिएको छ । तर कुलिङ अफ पिरियडको विवादले उक्त विधेयक संसदमै अड्किएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७