पूर्व सैनिकले गरे श्रीमतीको हत्या, छोराछोरी र प्रहरीलाई आफै दिए जानकारी


२०८२ श्रावण ११ आइतबार १०:३५ बजे

कर्णाली । सुर्खेतमा एक पूर्व सैनिकले श्रीमतीको हत्या गरेका छन् । घरमा राखिएको काठले प्रहार गरी उनले श्रीमतीको हत्या गरेका हुुन् । 

गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए ।

रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनीे स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

पूर्व सैनिक ठाडाले किन श्रीमतीको हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दानसिंहको घरमा उनका श्रीमान–श्रीमती मात्र बस्थे । उनका तीन छोरीमध्ये एक जापान छिन् भने दुईटाको बिहे भएको छ । छोरा दुबईमा छन् । दानसिंहको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘सर, श्रीमती मारें, पक्राउ गर्न आउनुहोस् ।’

दानसिंहले फोन गरेर आफ्नो घरको ठेगाना दिएको प्रहरीको भनाइ छ । प्रहरीलाई फोन गर्नुअघि ठाडाले आफूसँग फोन नम्बर मागेको वीरेन्द्रनगर नगरपालिका–१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालाले बताए ।

उनले भने, ‘राति मसँग पनि उसले नम्बर मागेको थियो । घर परिवार सबैलाई फोन गरेको रहेछ । नेपाली सेनाको जागिरबाट रिटायर्ड भएको केही वर्ष मात्रै भएको थियो ।’ वडाध्यक्ष कोइरालाका अनुसार दानसिंहले सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरेको जस्तो देखिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७