बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै


२०८२ श्रावण ९ शुक्रबार १६:०१ बजे

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिएको छ । संसदीय दलका नेता बहादुरसिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्री शुक्रबार राजीनामा दिएका छन् ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी पहल समेत सुरु भएको छ । बागमती प्रदेशका पार्टी सभापति समेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरुले असन्तुष्ट रहेको जानकारी गराए ।

बागमती प्रदेशको मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँलाई बाटो खुला भएको छ । बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर बुझाएका छन् । अन्य २० सांसद र ४ मन्त्री गरी २४ सांसदहरूले दलको नेताको चुनाव गरेर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब स्वरुप हस्ताक्षर बुझाएका हुन् । मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज एक वर्ष पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन् ।

९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए । बानियाँले भने, ‘हिजो उहाँ राजीनामा गर्न तयार हुनुहुन्थ्यो । आज राजीनामा नदिने जस्तो गर्नुभयो ।’ संसदीय दलको नेता परिवर्तन गर्ने गरी अघि बढेको बानियाँले बताए । पार्टीभित्र बानियाँ र लामा दुवै संस्थापन पक्षका हुन् । १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७