यमललाई बार्सिलोनाको १० नम्बर जर्सी 


२०८२ श्रावण १ बिहीबार १२:२५ बजे
तस्वीर स्रोत : एफसी बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले क्लबको चर्चित १० नम्बर जर्सी युवा फरवार्ड लामिन यमललाई दिने भएको छ ।  बार्सिलोनाले जर्सी नम्बर १० यमलले लगाउने जनाएको हो । बार्सिलोनाबाट हालसम्म अर्जेन्टिानाका डियागो म्याराडोना र रिक्वेल्मेसँगै ब्राजिलका रोमारियो, रिभाल्डो र रोनाल्डिन्होजस्ता चर्चित खेलाडीले यो जर्सी लगाएका थिए ।

यसअघि, क्याटालन क्लबबाट अर्जेन्टिनी कप्तान लियोनल मेसीले लामो समय १० नम्बर जर्सीबाट खेलेका थिए । मेसीले क्लब छोडेयता बार्सिलोनाले यो जर्सी अन्सु फातीलाई दिएको थियो । तर, चोटका कारण स्वाभाविक लय गुमाएका फाती लोनमा मोनाको गएपछि यो जर्सी यमलले पाएका हुन् । यमलले यसअघि १९ नम्बर जर्सीबाट बार्सिलोनाको प्रतिनिधित्व गर्दै आएका थिए ।

१८ वर्षीय स्पेनिस फरवार्ड यमल पछिल्लो समय उत्कृष्ट लयमा छन् । उनले गत सिजन बार्सिलोनाबाट १८ गोल र २५ असिस्ट गरेका थिए । यमलको यही लयप्रेरित बार्सिलोनाले गत सिजन स्पेनिस ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७