‘मालपोत अधिकृत फिर्ता गराउन आएका थिए, नमानेपछि मेरो चरित्र हत्या गरियो’

‘अडियोमा आफूले पैसा मागेको कुरा फेला पारे जस्तोसुकै सजाय भोग्न तयार छु’


२०८२ श्रावण १ बिहीबार १६:२४ बजे

काठमाडौं । भूमिसुधार मन्त्री बलराम अधिकारीले मालपोत अधिकृतको सरुवा फिर्ता गर्न आएका व्यक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि अडियो काण्ड सार्वजनिक गरेको बताएका छन् । तर पनि उनले आफ्ना बारेमा सार्वजनिक भएको अडियोमा आफूले पैसा मागेको कुरा फेला पारे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् ।

‘मालपोत अधिकृत सरुवा भएपछि रोक्न आएका थिए, सरुवा भएका व्यक्तिलाई रोक्ने कुरा पनि भएन । अधिकृत आएर सरुवा हुन्छु पनि भन्नु भएको छैन । अहिले मसँग मात्रै नभएको मेरो छोरासँग पनि जोडेर आएको छ । यसमा सत्यता छैन ।’ अधिकारीले तथ्यलाई बंग्याएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्वार्थ समूहले गलत प्रचार गरेको दाबी गरे ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडियोबारे प्रष्टीकरण दिंदै अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे । उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे ।

उनले भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन् । मेरो आवाज मैले मागेको कुरा भनेको कुरा गर्दिन्छु भन्ने कुरा फेला पार्नु भयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु ।’ अधिकारीले भने, ‘केही दिनयता मसँग जोडिएको केही कुरा आएको छ । मसँग जोडेर अडियो आएको भनिएको छ । उक्त अडियोमा आएका व्यक्तिहरू मसँग र मेरो मन्त्रालयसँग सम्बन्धित छैन । मन्त्री मात्रै भनेर होइन यसमा मेरो छोरालाई पनि जोडियो । मेरो छोराको यिनीहरूसँग भेटेकै छैन ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७