श्रीलंकाविरुद्ध नेपालको फराकिलो जित, उपाधिको सम्भावना बलियो


२०८२ श्रावण १ बिहीबार १७:०७ बजे
तस्वीर : एन्फा

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध ७–० को सहज जित हात पारेको छ । आज (बिहीबार) बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनाको प्रशिक्षण मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन समीक्षा मगरले दुई गोल गरिन् । पूर्णिमा राई, कुशुम खतिवडा, सरिता कुमारी र बिर्सना चौधरीले एक–एक गोल थपे । यस्तै, नेपालले अर्को एक गोल भने श्रीलंकाका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको १६औँ मिनेटमा पूर्णिमाले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । ३५औं मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन् । ४२औं मिनेटमा सरिताले फ्रिकिकबाट सुन्दर गोल गर्दै नेपालले अग्रतालाई ३–० मा राखेको थियो । यस्तै, ४४औं मिनेटमा श्रीलंकाको खेलाडीबाट आत्मघाति गोल हुँदा नेपालले पहिलो हाफमै ४–० को अग्रता बनाएको हो ।

खेलको ६७औं मिनेटमा बिर्सनाले पेनाल्टी सदुपयोग गरेपछि नेपालले अग्रतालाई ५–० मा पुर्‍याएको थियो । ७४औं मिनेटमा समीक्षाको गोलमा नेपालले अग्रतालाई आधा दर्जन पुर्‍यायो । त्यसको चार मिनेटपछि नै समीक्षाले नै नेपालको तर्फबाट सातौं गोल गरिन् । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा नेपालले अर्को पेनाल्टी पायो । नेपालकी वर्षा ओलीलाई श्रीलंकन रक्षकले १८ यार्ड बक्सभित्र फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । तर, त्यसलाई नेपालकी सुशिला केसीले सदुपयोग गर्न सकिनन् । सुशिलाको प्रहारलाई श्रीलंकाली गोलरक्षकले विफल बनाइन् ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । जितसँगै चार खेलबाट नौ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा कायमै छ । नेपालभन्दा माथि रहेको बंगलादेशको पनि समान नौ अंक नै छ । नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा आत्मसात गरेको छ । नेपालले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकालेको थियो । च्याम्पियनसिपमा नेपालले पर्सी शनिबार भुटानसँग खेल्नेछ । अन्तिम खेलमा बंगलादेशसँग खेल्ने तालिका छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७