अन्ततः मेयर बालेनले बोलाए कार्यपालिका बैठक


२०८२ असार २६ बिहीबार १५:२२ बजे

काठमाडौं । काठमाडौँ महानगरले लामो समयपछि कार्यपालिका बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ ।

महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन्। मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको उपस्थिति नहुने गरी मात्रै बैठक बोलाउने अडान लिएका थिए । तर, बजेट नै नआएपछि विवादमा उत्रिएका मेयर शाह र अन्य दुवै पक्ष दवावमा थिए । 

काठमाडौँ भ्युटावर निर्माणसम्बन्धी विवादमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई त्यहाँबाट हटाएका थिए । तर, संघीय सरकारलाई पुनः उनैलाई पठाएपछि उनले अस्वीकार गरेका थिए । मेयर शाहको असहमतिका बाबजुद पनि उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्षहरुले गुरागाईलाई कार्यालयमा भित्र्याएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७