देशैभर सरदर भन्दा कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित


२०८२ श्रावण १५ बिहीबार ०६:५७ बजे

काठमाडौं । नेपालमा मनसुन भित्रिएको दुई महिना भएको छ । दुई महिनाको अविधमा देशभर नै सरदरभन्दा कम वर्षा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तराईं–मधेशमा अझै कम वर्षा भएको छ । वर्षा कम हुँदा तराईं झनै प्रभावित भएको हो । 

गत जेठ १५ गते (मे २८) मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिए लगत्तै केही समय निष्क्रिय रह्यो । 

असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताइन् । कमै वर्षा भए पनि केही ठाउँमा भने ठूलो क्षति भएको छ । असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । 

मनसुनमा पानी कम परेका कारण मधेश सबैभन्दा बढी प्रभावित भएको छ । पानी नपरेपछि मधेशमा पूरै रोपाइँ हुन सकेको छैन । पिउने पानी र सिँचाइका स्रोत समेत सुकेपछि मधेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको थियो भने संघीय सरकारले यही साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७