पेप्सीकोलामा ट्यांकरले ठक्कर एक युवकको मृत्यु, अर्का घाइते


२०८२ श्रावण १५ बिहीबार ०७:२४ बजे

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

बुधबार बेलुका ८ः४५ बजे काठमाडौं महानगरपालिका–३२ छाप्रोस्थित सडकखण्डमा जडिबुटीबाट आउँदै गरेको बा प्र ०१ ००४ क ३२८७ पानी ट्याङ्कर र बिपरीत दिशाबाट जादै गरेको बा प्र ० २ ० ३३ प २५४८ मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार काभ्रेको रोशी गाउँपालिका–३ घर भइ काठमाडौंकै कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर छन् ।

दुर्घटनापछि उपचारका लागि केएमसी अस्पताल लगिएकोमा राति ९ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।

मोटरसाइकल चालक कोटेश्वर नै बस्ने २६ वर्षीय सन्तोष मगर घाइते छन् । उनको पनि उपचार भइरहेको छ । ट्यांकर चालक धादिङ घर भइ काठमाडौंको जोरपाटी बस्ने ४७ वर्षीय रामबहादुर धापालाई नियन्त्रणमा लिइएको एसपी गिरीले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७