सिंगापुर भ्रमणमा रहेका रास्वपा बर्दिया सभापति पौडेलको मृत्यु


२०८२ श्रावण १५ बिहीबार ०७:४१ बजे

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिंगापुरमा मृत्यु भएको छ।व्यक्तिगत रुपमा सिंगापुर भ्रमणमा रहेका उनको गए राति मृत्यु भएको रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले बताए ।

‘व्यक्तिगत भ्रमणकै क्रममा सिंगापुरमा जानु भएको थियो, उतै बिरामी भएर होटलमै यस्तो घटना भयो, भोलि १५ गते फर्कने टिकट थियो १ गते जानु भएको हो’, उनले भने ।

बर्दिया बाँसगढीमा स्थापित उद्यमी रहेका पौडेल ४६ वर्षको थिए । रास्वपामा पहिला प्रदेश सदस्य, जिल्ला संयोजक हुँदै पछि सभापतिको जिम्मेवारीमा रहेर राम्रो काम गरेको पाठकले बताए । विदेशमा मृत्यु भएकाले शव ल्याउन धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाई भइरहेको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७