अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध


२०८२ श्रावण १५ बिहीबार ०७:१४ बजे
फाइल फोटो

काठमाडौं । पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका छन् । यस्तै बेनी–जोमसोम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । म्याग्दीस्थित उक्त सडकखण्ड अवरुद्ध भएको हो । 

आज बिहान ५ बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको थियो । पहिरोले सडकमा पूर्णरूपमा अवरोध हुँदा उक्त सडकखण्ड हुँदै गुड्ने सवारीसाधन प्रभावित भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७